क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजना र Nepalese Association of Queensland (NAQ) एव्म NRNA Australia QLD SCC संगको सहकार्यमा “तिज व्रत पूजा एवम् रमाईलो नाचगान” गत २६ अगस्तका दिन ब्रिसबेन स्थित 7th Brigade Park, Chermside मा सम्पन्न भएकोछ । कार्यक्रम सफलताका सम्पन्न गर्न सहयोग गर्नुहुने सहभागी भक्तालु महिलाहरु, परिवारजन, पूजा संचालन गर्ने आदरणीय पण्डितज्यू, दाताहरु र व्यवस्थापन कार्यमा खटेर सहयोग गर्नुहुने कार्यसमितिका सदस्य एवम् स्वयंसेवकहरु सबैप्रति हार्दिक आभार । अर्को बर्षको तीज QNCC को आफ्नै मन्दिर परिसरमाम धुमधामसंग मनाउने आशा गरेकाछौँ ।
यो कार्यक्रमलाई आर्थिक तथा बस्तुगत सहयोग गर्नुहुने निम्न महानुभावहरुप्रति हार्दिक आभार !
- खीरको सामाग्री (दुध बाहेक) र पूजा सामाग्री: नमस्ते स्पाइस मार्ट, भर्जिनिया
- खीरका लागि दूध: विजय गौतम तथा बीणा गौतम
- पानी: साईट क्याफे, ब्यान्यो
- अचार: स्याम किचन (सुदर्शन रायमाझी)
- लड्डु: नारायण पन्थी तथा गीता पन्थी
- धन्यबाद !














