तिज व्रत पूजा एवम् रमाईलो नाचगान २०२५

अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा तथा Nepalese Association of Queensland (NAQ) र NRNA Queensland Australia को सहयोगमा “तिज व्रत पूजा एवम् रमाईलो नाचगान” कार्यक्रम तिजकै दिन आगामी २६ अगस्त २०२५ मङ्गलवार अपराह्न २:०० बजे देखि 7th Brigade Park, Opposite 21 Delaware St., Geebung मा हुने यहाँहरु सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।

कार्यक्रमको विस्तृत विवरण निम्नानुसार रहेकोछ ।

  • पण्डितज्यू द्वारा पूजा सञ्चालन : अपराह्न २:०० देखि ४:०० बजे सम्म
  • टिका तथा प्रसाद वितरण : अपराह्न ४:०० देखि ५:०० बजे सम्म
  • तिज गीत तथा नाचगान : अपराह्न ५:०० देखि साँझ ६:३० बजे सम्म

कार्यक्रममा नेपाली पण्डितज्यूद्वारा तिजको पूजा गराईनेछ । पूजाको समाप्ति पछि टीका तथा दर वितरण गरिनेछ । दोश्रो चरणमा तिजको अवसरमा नाचगान सहितको मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ ।

कार्यक्रममा सहभागिता भएर हाम्रो धार्मिक एवम् साँस्कृतिक परम्परा निर्वाह गर्ने यो सुनौलो अवसरको सदुपयोग गर्नुहुन यहाँहरु सबैमा हार्दिक निबेदन गर्दछौं |

यदि यहाँहरु तिजको दर तैयारी अथवा पूजा व्यवस्थापनमा स्वयंसेवक भई अथवा सामाग्री वा रकम उपलब्ध गराएर आर्थिक रुपमा सहयोग गर्न चाहनुहुन्छ भने QNCC व्यवस्थापन समितिका कुनैपनि सदस्यसंग सम्पर्क गर्नसक्नुहुनेछ ।

यहाँहरुको सहभागिता र सहयोग प्रति हामी आभारी रहनेछौं ।

धन्यबाद !

Leave a Comment

Your email address will not be published. Required fields are marked *