महाशिवरात्रि २०२६

महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरू सामुदायिक रुपमा मनाउने हाम्रो परम्परालाई निरन्तरता दिँदै, QNCC ले यस वर्षको महाशिवरात्रि १५ फेब्रुअरी २०२६, आईतवारका दिन आयोजना गर्न लागेको जानकारी यहाँहरु सबैमा गराउन चाहन्छौं।

यस पावन कार्यक्रमलाई NRNA Queensland Australia तथा NAQ – Nepalese Association of Queensland Inc. को सहभागिता एवम् सहयोग प्राप्त रहेकोछ।

महाशिवरात्रि २०२६ – कार्यक्रम विवरण

📅 मिति: आईतवार, १५ फेब्रुअरी २०२६

⏰ समय: दिउँसो २:०० बजे देखि साँझ ६:०० बजे सम्म

📍 स्थान: 7th Brigade Park, Chermside (19 Delaware Street, Geebung को ठीक अगाडि)

यस पावन अवसरमा उपस्थित भई कार्यक्रममा सहभागी हुन समुदायका सदस्यहरू तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई अंझ बढी अर्थपूर्ण र तपाई हामी सबैलाई आध्यात्मिक रूपमा अंझ बढी सशक्त बनाउनेछ।

कार्यक्रमको विवरण तलको फ्लायरमा उपलब्ध छ । थप जानकारीका लागि कृपया QNCC व्यवस्थापन समितिका निम्न सदस्यहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ।

Keshab Sharma

Anita Adhikari Ale

Narayan Panthi

Govind Ojha

कार्यक्रममा स्वयंसेवक भएर अथवा नगद/वस्तु दान गरेर सहयोग गर्न चाहनुहुन्छ भने कृपया हामीसंग सम्पर्क गर्नुहोला । यहाँहरुको सहयोग सामग्री एवम् नगद यसै कार्यक्रमको लागि खर्च गरिनेछ।

कार्यक्रममा यहाँहरुको सहभागिता र सहयोगको अपेक्षा गर्दछौं, धन्यबाद।