देउसी भैलो २०२५

हाम्रा साँस्कृतिक पर्वहरुको संरक्षण एवम् प्रवर्धन गर्ने मनसायले क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रले बिगत केहि बर्षदेखि तिहारको अवसरमा सामुदायिक देउसी भैलोको कार्यक्रम आयोजना गर्दै आएको छ । बिगत पाँच बर्षदेखि देउसी भैलोको कार्यक्रम सबै जना एकै ठाउँमा भेला भएर सामुहिक रुपमा आयोजना गरिंदैआएकोमा यसपल्ट देखि सीमित घरहरु सम्म पुगेर घरदैलोमै देउसी भैलो खेल्ने कुराको थालनी गरेका छौं।

यो बर्षको देउसी भैलोको कार्यक्रम निम्नानुसार हुन गैरहेको जानकारी यहाँहरु सबैमा गराउंदै, परिवार सहित आफ्नो पायकपर्ने स्थानमा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं। कुनै एक स्थानमा देउसीभैलोको आयोजना गरिएपनि यो उक्त स्थानको वरपर बसोबास गर्नुहुने सबै परिवारका लागि हो र हामी यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।

कार्यक्रममा देउसी भैलोको अतिरिक्त थप रमाईलो गर्न नाचगानको कार्यक्रम पनि रहेकोले देउसीभैलो टोलीमा समावेश भएर तिहार सम्बन्धि गीतहरु गाउन तथा नृत्य प्रस्तुत गर्न इच्क्षुक व्यक्तिहरुले सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

आउनुहोस सबैजना मिलेर तिहारको रमाइलो गरौं, हाम्रो संस्कृतिको सम्झना र सम्मान गरौं ।

मिति: अक्टोबर १९, २०२५ (आइतवार)

  • समय: अपराह्न ५:०० देखि ६:०० बजे सम्म (सबैजना ४:३० बजेनै कार्यक्रम स्थलमा उपस्थित भैदिनुहोला।)
  • स्थान: 23 Penfold Crescent, Rochedale
  • समय: बेलुकी ७:३० देखि ८:३० बजे सम्म (सबैजना ७:०० बजेनै कार्यक्रम स्थलमा उपस्थित भैदिनुहोला)
  • स्थान: 7 Alloway Close, Pallara

मिति: अक्टोबर २०, २०२५ (सोमवार)

  • समय: बेलुकी ६:३० देखि ७:३० बजे सम्म (सबैजना ६:०० बजेनै कार्यक्रम स्थलमा उपस्थित भैदिनुहोला)
  • स्थान: 7 Toombul Road, Virginia
  • कार्यक्रम सम्बन्धी थप जानकारीका लागी कुनैपनि माध्यमद्वारा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क व्यक्तिहरुको विवरण फ्लायरमा उपलब्ध छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *